बिर्तामोड / महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् ।
सर्वोच्च अदालतको फैसलासँगै नयाँ सरकार गठन हुने भएपछि बडालले प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष आज पदबाट राजीनामा दिएका हुन् ।
महान्यायाधिवक्ता कार्यालयमा आजै बडालको बिदाई कार्यक्रम राखिएको छ । बगालले सरकारको कानूनी सल्लाहकारका रुपमा गत चैत ८ गते नियुक्त भई तीन महिना २१ दिन काम गरे ।
सर्वोच्च अदालतले विपक्षी गठबन्धनका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न सोमबार परमादेश जारी गरेको थियो ।