काठमाडौँ / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले
कांग्रेसलगायत पाँच दलले दर्ता गरेको रिट निवेदनउपर गरेको फैसलाको स्वागत गरेका
छन् । उनले आज विज्ञप्ति जारि गर्दै सर्वोच्चको यो फैसलाले लिकबाहिर धकेलिएको संविधानलाई
ट्र्याकमा ल्याएको उल्लेख गर्दै स्वतन्त्र न्यायपालिका प्रतिको आस्था र विश्वासलाई
थप अभिवृद्धि गरेको बताएका छन् ।
सभापति
देउवाले लोकतन्त्र र लोकतान्त्रिक संविधान रक्षाका लागि विभिन्न ढङ्गले आन्दोलनमा
सरिक राजनीतिक दल, कानून व्यवसायी, भ्रातृ र शुभेच्छुक संस्था, नागरिक आन्दोलन र सजग सञ्चारमाध्यम एवं
स्वदेश र विदेशमा रहेका सबै नेपालीमा बधाई ज्ञापन गरेका छन् ।
देश र जनताका
हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न सबैलाई फैसलाले अझ जिम्मेवार बनाएको
उल्लेख गर्दै उनले कसैले पनि यसलाई व्यक्तिगत जीतहारका रूपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र
जनताको हितमा उपयोग गरेर जानुपर्दछ भनि आग्रह गरेका छन् ।
प्रधानमन्त्री
केपी शर्मा ओलीले गत जेठ ८ गते गरेको प्रतिनिधिसभा विघटनविरुद्धका विभिन्न
निवेदनउपर सुनुवाइ गर्दै सर्वोच्चले आज प्रतिनिधिसभा विघटन संविधानको मूल्य, मान्यता अनुकूल नभएको भन्दै पुनस्र्थापना
गर्ने फैसला गरेको छ ।