काठमाडौं /  राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य गरेकी छिन् । राष्ट्रपतिले आइतबार राष्ट्रियसभा अध्यक्षलाई पत्र पठाउँदै आइतबार राति १२ बजे देखि अधिवेशन अन्त्य भएको जानकारी गराएकी हुन्।

यसअघि सोमबार नै बसेको मन्त्रिपरिषद् बैठक राष्ट्रियसभाको अधिवेशन गर्ने निर्णय गरेको थियो । आजै राती १२ बजेदेखि राष्ट्रियसभाको अन्त्य भएसँगै असार २९ गतेका लागि तय भएको राष्ट्रियसभाको बैठक समेत स्वत अन्त्य भएको संसद् सचिवालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार राति १२ बजेबाट लागू हुनेगरि राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेकी हुन्।