बिर्तामोड / भारतमा आइतबार चट्याङ लागेर ११ को मृत्यु भएको छ । भारतको जयपुर सहरमा सेल्फी खिच्दै गर्दा चट्याङले लागेर उनीहरूको मृत्यु भएको हो ।

 १२ औ शताब्दीमा बनाइएको प्रख्यात पर्यटकीय स्थल आमेर किल्लामा सेल्फी खिचिरहेका बेला घटना भएको बताइएको छ। त्यस बेला किल्ला र आसपासका स्थानमा २७ जना रहेको र तीमध्ये केहीले भुइँमा हाम फालेको बताइएको छ।

OM Sai Pathibhara Hospital

राजस्थानका विभिन्न स्थानमा आइतबार नै चट्याङका कारण थप नौ जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्। राजस्थानका मुख्यमन्त्री अशोक गहलौतले मृत्यु हुनेहरूका परिवारलाई क्षतिपूर्ति बापत पाँच लाख रुपैयाँ दिने घोषणा गरेका छन्।

भारतको उत्तर प्रदेश राज्यमा पनि चट्याङ लागेर २८ जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ। तीमध्ये १३ जनाको मृत्यु प्रयागराज भनिने स्थानमा भएको बताइएको छ। अधिकारीहरूका अनुसार त्यस्ता घटनाहरू रूखहरूको सङ्ख्या कम रहेको क्षेत्रमा बढी हुने पाइएको छ।