काठमाडौं  / सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई  २८ घण्टा भित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको छ ।

जेठ ७ गते मध्यरातमा विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापना गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले संविधानको धारा ७६(५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश दिएको हो । 

OM Sai Pathibhara Hospital

सर्वोच्चको फैसलामा देउवालाई भोलि (मङ्लबार) २९ गते साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न भनिएको छ । अर्थात फैसला आएको २८ घण्टाभित्र राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्नेछ ।

विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापना गर्दै सर्वोच्चको संवैधानिक इजलासले संविधानको धारा ७६ (५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी गरेको हो ।

सर्वोच्चले संविधानको धारा ७५(४) को प्रक्रियामा नगएकाले केपी शर्मा ओलीले ७५(५) अनुसार गरेको दाबी संविधानसम्वत नभएको बताएको छ ।