काठमाडौं / साताको पहिलो दिन आइतबार सेयर बजार उकालो लागेको छ। लगातार घटिरहेको बजारमा आयतबार भने बृद्दी भएको छ ।

सेयर कारोबार मापक नेप्से परिसूचक ७३ दशमलव ३३ अंकले बढेर २ हजार ८ सय ९८ दशमलव ४३ अंकमा पुगेको छ। नेप्से परिसूचक २ दशमलव ६४ प्रतिशतले बढेको हो ।

OM Sai Pathibhara Hospital

वर्गको कारोबार गर्ने सेन्सेटिभ इन्डेक्स पनि १३ अंकले बढेको छ । कारोबार रकम ८ अर्ब भन्दा धेरै भएको छ । अघिल्लो साता ४ देखि ५ अर्बको बिमा धेरै दिन कारोबार भएको थियो। नेप्सेमा कारोबार हुने सबै समूहगत सब इन्डेक्स बढेको छ ।

आइतबार धेरै कमाउनेमा गोर्खा फाइनान्स पहिलो नम्बरमा देखिएको छ भने दोस्रो नम्बरमा श्रीइन्भेष्टमेन्ट फाइनान्स र तेस्रो नम्बरमा आईसीएफसी फाइनान्स देखिएको छ । यी तीनै कम्पनीको सेयर मूल्य १० प्रतिशत भन्दा धेरैले बढेको छ।

धेरै गुमाउनेको शिर्ष सथानमा भने कर्पोरेट डभलपमेन्ट बैंक लिमिटेड देखिएको छ । त्यसैगरी, होटल एनबीबीएल डिबेञ्चरको धेरै घटेको छ ।