जलेश्वर / महोत्तरी भ्रमपूरा –७ की २७ वर्षीय सुजिता ठाकुरको शव भेटिएको छ । ठाकुरको शव शौचालयको ट्याङ्कीमा गाडिएको भेटेपछि प्रदेश प्रहरीले शव उत्खनन गरका छन् ।  

सुजिताको शवको खोजतलास लगभग एक महिना देखि भइ रहँदा प्रहरीले असार १३ गते सुजिताको परिवारको खेतमा उत्खनन गरेर गहिरो खाडल खन्दा कपाल, नुन, मलखाद , तन्ना र डोरी फेला पारेको भएपनि पुरै शव भेटाएको थिएन ।

OM Sai Pathibhara Hospital

सुजिताको हत्या जेठ २० गते भएको थियो । आइतबार बिहान प्रहरीले बेपत्ता भएको एक महिनापछि सुजिताको शव फेला पार्न सफल भएको हो । आफ्नै पेट्रोल पम्पको छेउमा रहेको ट्वाइलेटको हदबाट सुजिताको शव बरामद भएको प्रहरीले जनाएको छ । 

प्रदेश प्रहरीका डीएसपी ज्ञान कुमार महतो , संघीय प्रहरीका डीएसपी छेदीलाल कामती ,टेक्निकल सपोर्टमा असई विशंभरनाथको संयुक्त प्रयासमा सुजिताको शव खोजी गर्न सफल भएको हो ।

प्रहरीले सुजिताको श्रीमान र देवरलाई असार १३ गते पक्राउ गरेको छ भने सासू ,ससुरा पतिराम र देवरानी रोमा भने फरार रहेका छन । 

सुजिताको हत्या बारे उनकै ५ वर्षीय छोराले खुलाए पछी माइतीपक्षको दबाबमा प्रहरीले खोज तलास शुरु गरेका थिए ।