कञ्चनपुर / चट्याङ लागेर बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन्  भीमदत्त नगरपालिका-९ मटैना बस्ने ५३ वर्षीय वीरसिंह महराको आज बिहान मृत्यु भएको छ ।

मृतकका १८ वर्षीय छोरा लालसिंह घाइते भएका छन् ।

OM Sai Pathibhara Hospital

घरको बरण्डामा बाबुछोरा बसेका बेला लागेको चट्याङले मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिएका छन् ।

घाइते भएका लालसिंहको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।