बिर्तामोड / एमाले नेता ज्ञानुराम प्रसाईको परिवारले समवेदना व्यक्त गर्ने परम्परागत शैलीमा परिवर्तन गरी श्रद्धाञ्जलि मात्रै व्यक्त गर्न शुभेच्छुकसँग आग्रह गरेको छ ।

विभिन्न प्रकारका समवेदना पत्रसहित उपस्थित हुने विद्यमान शैलीका कारण पीडामाथि झन् पीडा हुने भन्दै प्रसाई परिवारले आफ्ना शुभचिन्तकसँग समवदेना पत्र नल्याउन अनुरोध गरेको हो ।

OM Sai Pathibhara Hospital

नेता प्रसाईको चारआली चन्द्रगढी सडक खण्डमा असार २५ गते आफैँले चलाएको कार दुर्घटनामा परी निधन भएको थियो । प्रसाई परिवारले आफूमाथि परेको बज्रपात सहन गर्न कठिन भइरहेका बेला समवेदना पत्रसहित उपस्थित हुने र वाचन गर्ने शैलीले थप मर्माहत बनाउने जनाएको छ ।

परम्परागत यो शैलीलाई हटाइदिन प्रसाई परिवारले आग्रह गरेको भाई टीका प्रसाईले बताएका छन्।प्रसाईका श्रीमती पवित्रा, छोरा प्रजेश, छोरी प्रज्ञा र भाइ टीकाले ज्ञानुरामको दशगात्र कर्म गरिरहेका छन्।