काठमाण्डाै / हप्ताको पहिलो दिन आज सुनको भाउ स्थिर रहेको छ  । सुन आज प्रति तोलामा ९२ हजार ४ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचादी व्यवसायी महासंघले जानकारी दिएको छ।

महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । शुक्रवार पनि छापावाला सुन सोही मूल्यमा खरीदविक्री भएको थियो । 

OM Sai Pathibhara Hospital

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।  

यस्तै, आइतवार चाँदीको मूल्य भने बढको छ । शुक्रवार प्रतितोला रू. १ हजार ३०५ मा कारोबार भएको चाँदी आइतवार १ हजार ३१५ रुपैयाँ मा किनबेच भइरहेको छ । शुक्रवारको तुलनामा आइतवार चाँदीको मूल्य १० रुपैयाँले बढेको हो ।