काठमाडौं / विहान ८ बजे बैठक बस्ने भनिएको नेकपा एमाले कार्यदलको बैठक ९ बजिसक्दा पनि सुरु हुन सकेको छैन।  

शनिबार बसेको कार्यदलको बैठकपछि नेताहरु आज विहान बस्ने बैठकले सहमतिको मस्यौदा सार्वजनिक गर्ने बताएका थिए । केही प्राविधिक कुरा सहमति हुन बाँकी रहेको भन्दै आजको बैठकले त्यसलाई टुंग्याउने उनीहरुको भनाइ थियो।

OM Sai Pathibhara Hospital

तर वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष अहिलेसम्म सिंहदरबार पुगेको छैन। अध्यक्ष केपी शर्मा ओली पक्ष सिंहदरबारस्थित अर्थमन्त्रालयमा पुगिसकेका छन् । ओली पक्ष नेपाल पक्षका कार्यदलका सदस्यको पखाईमा छ ।