बुटवल / प्रहरीले लागुऔषध चरेस सहित २ जनालाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ बढिगाउँ गाउँपालिका ८ निवासी ३६ वर्षीय रोहित राना र सोही ठाउँका ६३ वर्षीय जीवन पुन रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ

बुटवल उपमहानगरपालिका ११ देवीनगरस्थित नमस्ते पथबाट २८ किलो लागुऔषध चरेससहित उनीहरूलाई  प्रहरीले पक्राउ गरेको हो ।

OM Sai Pathibhara Hospital

लुम्बिनी प्रदेश प्रहरी कार्यालयको अनुसन्धान  टोली र रुपन्देहीको टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका  प्रहरी नायव उपरीक्षक एवं  प्रवक्ता  सत्यनारायण थापाले जानकारी दिएका छन् 

प्रहरीले उनीहरुबाट लु २५ प ६५४४ नम्बरको स्कुटर नियन्त्रणमा लिएको छ । पक्राउ परेकालाई ईलाका प्रहरी कार्यालय बुटवलमा राखी थप अनुसन्धान शुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।