दुशान्वे(एजेन्सी) ताजिकिस्तानको पश्चिमी क्षेत्रमा केन्द्रबिन्दु भएर शनिबार शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी अहिलेसम्म कम्तीमा पाँच जनाको मृत्यु भएको विवरण प्राप्त भएको त्यहाँका सरकारी अधिकारीहरूले पुष्टि गरेका छन् । 

स्थानीय समय अनुसार शनिबार बिहान ७ः१४ बजे ५.९ म्याग्नीच्युडको भूकम्प आएको युरोपेली भूगर्भ केन्द्रले जानकारी दिएको छ । 

OM Sai Pathibhara Hospital

भूकम्पको केन्द्रबिन्दु भएको ठाउँ दसान्वेदेखि १६५ किलोमिटर टाढा रहेको पनि केन्द्रका अधिकारीहरूले जानकारी दिएका छन् ।   

भुकम्पले पाँच जनाको मृत्यु भएको छ भने अरु मानवीय क्षतिको विवरण प्राप्त नभएको अधिकारीहरूले बताएका छन् । केही व्यक्तिहरू घाइते भएको हुनसक्ने बताइएको छ । 

भूकम्पका कारण १९ घर भत्किएका छन् । अन्य भौतिक क्षतिको विवरण भने सङ्कलन गर्ने क्रम चलिरहेकाले पूर्ण विवरण भने आउन बाँकी रहेको अधिकारीहरूले जानकारी दिए ।