काठमाडौँ / नेपाल धितोपत्र बोर्ड (सेवोन)ले चालु आर्थिक वर्षमा कूल १४ अर्ब चार करोड ९७ लाख सात हजार २५ रुपैयाँ बराबरको हकप्रद शेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डको विवरण अनुसार चालु आवमा विभिन्न सात कम्पनीले हकप्रदख शेयर बिक्रीका लागि अनुमति पाएका छन् ।

बोर्डले यही असार ९ गते हकप्रद शेयर बिक्रीको अनुमति दिएको हो । यस्तै बोर्डले समृद्धि फाइनान्स कम्पनीलाई ३६ करोड ३९ लाख ६० हजार ६०० रुपैयाँ बराबरको हकप्रद शेयर बिक्रीको अनुमति दिएको छ। नागरिक लगानी कोषले समेत चालु आवमा नै हकप्रद शेयर बिक्रीको अनुमति पाएको हो ।

OM Sai Pathibhara Hospital

कोषले १६ करोड ९७ लाख ५० हजार ६२५ रुपैयाँ बराबरको हकप्रद शेयर बिक्रीको अनुमति पाएको हो। यसैगरी, नारायणी डेभलपमेन्ट बैंकले एक अर्ब ३५ करोड ९२ लाख ५९ हजार २०० रुपैयाँ, अरुण भ्याली हाइड्रोपावर कम्पनीले ५२ करोड ४१ लाख १९ हजार ७०० रुपैयाँ र अपि पावर कम्पनीले ५६ करोड ७० लाख रुपैयाँ बराबरको हकप्रद शेयर बिक्रीको अनुमति पाएको हो ।

यस्तै बोर्डले चालु आवमा मात्रै २३ वटा बैंक तथा वित्तीय संस्थालाई २३ अर्ब चार करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले पछिल्लो पटक मैलुङ खोला जलविद्युत् आयोजनालाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएपछि चालु आवमा मात्रै कूल १९ कम्पनी पुगेका छन् ।

मैलुङ खोलाले सात करोड ३६ लाख २८ हजार रुपैयाँ बराबरको साधारण शेयर बिक्री गर्नेछ ।