कान्दहर(एजेन्सी) अफगानिस्तानका विभिन्न क्षेत्रमा शुक्रबार भएका हमलामा परी कम्तीमा १०९ तालिवान लडाकुहरु मारिएका छन् ।

देशको दक्षिणी कान्दहार र हेल्मन्द प्रान्तमा भएको हमलामा अरु २५ जना घाइते समेत भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । मृत्यु भएका मध्ये ७० जनाको कान्दहर प्रान्तका छन् । सो घटनामा अरु आठ जना घाइते भएका छन् । 

OM Sai Pathibhara Hospital

शुक्रबार बिहान लडाकूहरुले सुरक्षा कार्यालयमा आक्रमण गरेपछि घटना भएको र जवाफी कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको अफगानिस्तानको रक्षा मन्त्रालयले जनाएको छ । 

त्यसैगरी हेल्मन्द प्रान्तमा भएको घटनामा परी ३९ लडाकूको मृत्यु भएको छ भने अरु १७ जना घाइते भएका छन् ।  अफगानिस्तानमा लामो समयदेखि हिंसात्मक द्वन्द्व भइरहेको छ ।

लगातारका ठूला – ठूला हिंसात्मक घटनाहरुका कारण अहिलेसम्म हजारौको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । त्यसैगरी लाखौँ अफगानीहरु विस्थापित भएका छन् । लामो समयदेखि चलिरहेको हिंसात्मक द्वन्द्व अन्त्यका लागि वार्ता भइरहेपनि त्यसले निकास पाउन सकेको छैन ।