गोरखा / भीमसेन थापा गाउँपालिका –७ बोर्लाङ्गस्थित भीमकुल बचत तथा ऋण सहकारी संस्थाबाट गए राति ३२ लाख रुपैयाँ चोरी भएको छ । मध्यरातमा सहकारी कार्यालयको च्यानल गेट फुटाइ पैसा चोरी भएको हो ।  

सहकारी सञ्चालक समितिका सदस्य बुद्धि श्रेष्ठले सहकारीमा कारोबार भएको रकम ५२ लाख रुपैयाँ मध्ये ३२ लाख चोरी भएको बताए ।  उनले भने, “यहाँ दैनिक २० लाख देखि ३० लाख रुपैयाँ कारोबार हुन्छ ।” 

OM Sai Pathibhara Hospital

“शुक्रबार बेलुकीसम्म जम्मा भएको नगद आइतबार सदरमुकामस्थित बैंकमा जम्मा गर्ने तयारीमा थियौँ”, श्रेष्ठले भने, “लगातारको वर्षाका कारण सदरमुकामसम्म पुग्न कठिन भएकाले समस्या भइरहेको थियो ।” सिसिटिभी फुटेजमा चोरीमा संलग्नले ताल्चा फुटाउन प्रयोग गरिने सामग्री बोकेर आएको देखिएको श्रेष्ठले बताए ।