काठमाडौँ / नेकपा एमाले
केपी ओली पक्षको राष्ट्रिय युवा संघ नेपालले सडक प्रदर्शन गर्ने भएको छ । सरकारले
निषेधित क्षेत्र तोकेको बानेश्वर चोकबाट सरकारको समर्थन गर्दै विपक्षी
गठबन्धनबिरुद्ध युवासंघले सडक दिउँसो ३ बजे प्रदर्शन हुन लागेको हो ।
वर्तमान सरकार र नेकपा एमालेको बिरुद्ध घेराबन्दी, विपक्षी
गठबन्धनको असंवैधानिक र राष्ट्रघाती कदमको बिरुद्धमा सडक
प्रदर्शनका लागि भन्दै उनीहरुले कानुनी शासन कायम गरौं, स्वतन्त्र
न्यायपालिकाको रक्षा गरौँ, संविधान मिच्न पाइँदैन, राष्ट्रघाती
गठबन्धन चाहिँदैन जस्ता नारा तयार पारेका छन् ।
सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भनेर लगाएको निषेधाज्ञा अझै जारी छ । पसल, व्यवसाय तथा यातायात क्षेत्र आंशिक रुपमा खोल्न दिएपनि ठूलो मात्रामा भेला हुने क्षेत्रमा रोक लगाएको छ ।
सभा, सम्मेलन, जुलुस, बिहे भोज जस्ता
कार्यक्रम गर्न रोक लगाइरहेका बेला सत्तापक्षले नै निषेधित क्षेत्रबाट सडक
प्रदर्शन गर्न लागेको हो ।