वाग्मती / वाग्मती प्रदेशसभाको बैठक स्थगित भएको छ । बजेटमाथि छलफल गर्न प्रदेशसभा सचिवालयले दुई दिनअघि सूचना जारी गरेर आज बस्ने जनाएको बैठक स्थगित भएको हो । 

सचिवालयका अनुसार  आज स्थगन बैठक आइतबारसाढे ११ बजे बस्ने छ । आव २०७८÷८९ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा विद्युतीय बस सरकारले खरीद गरेर सञ्चालन गर्ने, सरकारले नै सञ्चारमाध्यमको सञ्चालन गर्ने लगायतका विषयमा असहमति जनाउँदै विपक्षीहरुले प्रदेशसभा बैठक अवरुद्ध गराउँदै आएका छन् । आजको बैठक पनि अवरुद्ध हुने देखेर स्थगन गरिएको हुनसक्ने सत्तापक्षका एक प्रदेशसभा सदस्यले बताएका छन् ।