काठमाण्डौ / चीनले जायन्ट पान्डालाई सङ्कटापन्न सूचीबाट हटाएको छ । जायन्ट पान्डाको सङ्ख्या एक हजार आठ सय पुगेपछि लोपोन्मुख प्रजातिबाट जोखिममा रहेको सूचीमा राखिएको हो । 

लोपोन्मुख प्रजातिमा नरहे पनि जोखिममा रहेको चिनियाँ अधिकारीले बताएका छन् । विज्ञका अनुसार चीन जायन्ट पान्डाको बासस्थान बढाउने सहितका लामो प्रयासबाट संरक्षण गर्न सफल भएको हो । 

OM Sai Pathibhara Hospital

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्गठन आईयूसीएनले सन् २०१६ मै जायन्ट पान्डालाई सङ्कटापन्न सूचीबाट हटाएर जोखिमयुक्त सूचीमा सारेको थियो । चीनले पाँच वर्षपछि मात्रै वर्गीकरणमा परिवर्तन गरेको हो ।

जायन्ट पान्डा संरक्षणको सफलता मुख्य गरी बाँसका जङ्गलहरू बढाउने कामबाट हासिल भएको चीनको जैविक तथा वातावरण मन्त्रालयकी छोइ सुहोङ्गले बताएको बीबीसीले जनाएको छ । बाँसले पान्डाको खानपानको ९९ प्रतिशत ओगट्ने विज्ञको भनाइ छ । चीनले पान्डालाई राष्ट्रिय सम्पत्ति मान्ने गर्छ ।