सिन्धुपाल्चोक / प्रधानमन्त्री केपी शर्मा ओली हेलम्बु र मेलम्ची आएका छन् । ओली हेलिकप्टरमार्फत आज सिन्धुपाल्चोकको बाढी–पहिरो प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको अवलोकनका लागि आएका हुन् ।
प्रधानमन्त्री ओली मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीसँग छलफलपछि गणेशबगर जाँदै छन् । उनले आज मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाइ निरीक्षण गर्ने पनि कार्यक्रम रहेको छ । प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलगायत रहेका छन् ।
मनसुन शुरु भएसँगै यही असार १ गतेको अविरल वर्षाका कारण सो क्षेत्रमा बाढी पहिराबाट जनधनको क्षति भएको थियो ।