बिर्तामोड / विश्व बैंकले नेपाललाई १२ अर्ब रुपैयाँ बराबरको ऋण सहयोग दिने भएको छ । मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि आवश्यक स्रोत व्यवस्थापनमा बैंकले यस्तो सहयोग दिने भएको हो । 

शुक्रबार बसेको बैठकले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि समान ५/५ करोड ऋण सहायता दिने निर्णय गरेको हो ।

OM Sai Pathibhara Hospital

यो सहायताले बालबालिकालाई विद्यालय फर्काउन, गुणस्तरीय र उत्तरदायी स्वास्थ्य सेवा प्रदान गर्नका साथै सरकारको क्षमता अभिवृद्धिमा समेत सघाउ पुग्ने नेपालस्थित विश्व बैंकको कार्यालयले विश्वास व्यक्त गरेको छ । 

कोरोना महामारीबाट प्रभावित क्षेत्रलाई माथि उकास्नसमेत यो सहायता महत्वपूर्ण हुने बताउँदै बैंकले स्वास्थ्य क्षेत्र रणनीतिको कार्यान्वयनमा समेत सहयोग पुग्ने बताएको छ ।