बिर्तामोड  / साताको अन्तिम कारोबार दिन शुक्रवार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

OM Sai Pathibhara Hospital

बिहीवार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । बिहीवारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला १०० रुपैयाँले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला  ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, शुक्रवार चाँदीको मूल्य भने घटेको छ । बिहीवार प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रवार ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ५ रुपैयाँमा किनबेच भइरहेको छ ।