बिर्तामोड / नेकपा एमाले बिर्तामोड नगर अध्यक्ष ज्ञानु राम प्रसाईँको सवारी दुर्घटना परी मृत्यु भएको छ ।
उनको ११ : ४० बजे चारआली–चन्द्रगढी सडक खण्डमा आफैले चलाएको कार अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिर्तामोड नगरपालिका ५ घर भएका प्रसाईं बा १६ च ८१८२ नम्बरको कार आफै चलाएर चन्द्रगढी तर्फ जाँदै गर्दा लक्ष्मी प्रसाद देवकोटाको शालिकमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटना परेर गम्भिर घाइते भएका प्रसाईको मेची अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी बिर्तामोड नगरपालिकाका नगर उप प्रमुख पवित्रा महतरा प्रसाईका श्रीमान हुन् ।