काठमाडौँ  / अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी सैनिकलाई अफगानिस्तानमा युद्ध गर्न नपठाउने बताएका छन् । उनले अगस्ट ३१ सम्म सबै अमेरिकी सैनिक अफगानिस्तानबाट फिर्ता भइसक्ने बताएका छन् ।  

बाइडेनले आफ्नो देश कसरी चलाउने भन्ने निर्णय गर्ने अफगानिस्तानको अधिकार र जिम्मेवारी भएको बताएको बीबीसीले जनाएको छ ।

OM Sai Pathibhara Hospital

अहिलेसम्म अफगानिस्तानमा रहेका ९० प्रतिशत अमेरिकी सैनिक स्वदेश फर्किसकेका छन्। तालिबानले अफगानिस्तानको झन्डै एक तिहाई जिल्ला नियन्त्रणमा लिएको छ ।

सन् २००१ मा अमेरिकाले आफ्नो सेना अफगानिस्तानमा पठाएको थियो ।  २० वर्षमा २ हजार ४ सय ४८ जना अमेरिकी सैनिकले अफगानिस्तानमा ज्यान गुमाएका छन् भने २० हजार ७ सय २२ जना घाइते भएका छन् ।