बिर्तामोड / संयुक्त विद्यार्थी संगठनले आज ७७ वटै जिल्लामा सिठ्ठी जुलूस गर्ने भएको छ। पेट्रोलियम पदार्थको मुल्यवृद्धि तथा भ्रष्टाचार विरुद्धमा संगठनले जुलुस गर्न लागेको हो ।

विद्यार्थीले बिहिबार बिहान नेपाल आयल निगमको कार्यालय घेराउ गरेका थिए । अहिले दिउँसो ३ बजे माइतिघर मण्डला र ७७ वटै जिल्लामा सिठ्ठी जुलुस गर्ने संयुक्त विद्यार्थी संगठनले जनाएको छ ।

OM Sai Pathibhara Hospital

नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अखिल, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौंका विद्यार्थीहरुले प्रतिगमन तथा भ्रष्टाचारको विरोधमा संयुक्त रुपमा विरोध प्रदर्शन गर्दै आएका छन् ।