ओखलढुंगा / ओखलढुङ्गामा  लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खिजिदेम्बा गाउँपालिका –८ कास्मुकी पासाङ फुरी शेर्पा रहेकी छिन् । 

शेर्पा बुधबार राती साढे ९ बजे छिमेकीको घरबाट फर्कने क्रममा लडी घाईते भएकी थिइन् । शेर्पालाई उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको थियो ।