पाल्पा / पाल्पाको तिनाउ गाउँपालिका –५ मा पहिरोले ६ घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन् । उक्त घटनामा सात जना घाइते छन् ।

तिनाउ –५ का ४५ वर्षीय वीरबहादुर गुरुङको पहिरोमा पुरिएर मृत्यु भएको र स्थानीय पूजा परियारका चार वर्षीय छोरा बेपत्ता भएको भनेर स्थानीयले सूचना दिएको प्रहरीले जनाएको छ ।

OM Sai Pathibhara Hospital

स्थानीयले पहिरोमा नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर पहिरोमा पुरिएको जनाएका छन् ।