बिर्तामोड(एजेन्सी) अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले फेसबुक, ट्विटर र अल्फाबेट कम्पनी र तिनका प्रमुख कार्यकारी अधिकृतविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन्।

समाचार संस्था रोयटर्सका अनुसार ट्रम्पले कन्जरभेटिभ विचारधारालाई गैरकानुनी तरिकाले प्रतिबन्ध लगाएको भन्दै तीन कम्पनी र तिनका सिइओ मार्क जुकरबर्ग (फेसबुक), ज्याक डोर्सी (ट्वीटर) र सुन्दर पिचाई (अल्फाबेट) विरुद्ध मुद्दा दायर गराएका हुन्।

OM Sai Pathibhara Hospital

मुद्दा हालेर ट्रम्पले फेसबुक, ट्वीटर र युट्युबले अन्यायपूर्ण तरिकाले बन्द गरिदिएका प्रयोगकर्ताका पक्षमा आफूलाई उभ्याएका छन्।   

हामीले अमेरिकी स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको जित सँगसँगै हासिल गर्नेछौं,’ तीन कम्पनी र तिनका सिइओविरूद्ध मुद्दा हालेपछि न्यु जर्सीको पत्रकार सम्मेलनमा ट्रम्पले भने

गत जनवरी ६ मा ट्रम्पका सयौं समर्थकले संसद भवनमा हुलदंगा गरेका थिए। ट्रम्पले सामाजिक सञ्जालमार्फत् उनीहरूको प्रशंसा गरेपछि सामाजिक सञ्जालहरूले उनलाई प्रतिबन्ध लगाइदिएका थिए। त्यतिबेला उनी अमेरिकाका बहालवाला राष्ट्रपति थिए।सेतोपाटीबाट