बिर्तामोड  / नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला १०० रुपैयाँले बढ्दै ९२ हजार ३०० रुपैयाँ पुगेको हो । 

गत बुधबार बजारमा सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

OM Sai Pathibhara Hospital

यस्तै, आज तेजाबी सुनको मूल्य समेत १०० रुपैयाँले नै वृद्धि हुँदै प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । तर, यता चाँदीको मूल्य भने बिहीबार प्रतितोला १० रुपैयाँले घट्न पुगेको छ । 

महासङ्घका अनुसार गत बुधबार प्रतितोला एक हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३१० रुपैयाँमा झरेको छ ।