विराटनगर / लायन्स क्लब डिष्ट्रिक ५५ ए वान जोन ३६ ले एक हप्तामा विभिन्न ९ वटा सेवामूलक काम गरेको छ । डिष्ट्रिक गभर्नर रेवतबहादुर कार्कीले जुलाई १ तारिक देखि ७ तारिकलाई सर्भिस विक घोषणा गरेका थिए ।
सोही घोषणा अनुसार लायन्स क्लव डिष्ट्रिक ५५ ए वान जोन ३६ ले ७ वटा कार्यक्रम गर्नुपर्ने थियो । तर, सो अवधिमा आफूहरूले ९ वटा कार्यक्रम गरेको जोन चेयरपर्सन घनश्याम पोखरेलले जानकारी दिए ।
लायन्स क्लबले विराटनगरस्थित मानवसेवा आश्रमका ७७ जना वृद्धवृद्धालाई निःशुल्क सुगर जाँच, बालिका स्कुलमा २ सय वटा वृक्षारोपण, मानवसेवा आश्रममै २० हजार बराबरको मास्क र सेनिटाइजर वितरण तथा ४ लाख मूल्य बराबरको चामल प्रदान गरेको थियो ।
यस्तै क्लबले रक्तदान कार्यक्रम, वेट चेकअप क्याम्प तथा ब्लड प्रेसर जाँच जस्ता कार्यक्रम गरेको पोखरेलले जानकारी दिए ।