बिर्तामोड  / झापाका चर्चित व्यवसायी तथा समाजसेवी व्यक्तित्व भद्रपुर ५ निवासी पर्शुराम अग्रवालको निधन भएको छ ।

उनको उपचारको क्रममा भारतको सिलिगुडीमा हिजो राती ९ वजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ । 

OM Sai Pathibhara Hospital

उनको पार्थिव शरीरलाई सिलिगुडीवाट आज बिहान भद्रपुर ल्याएर अन्त्येष्टि गर्ने तयारी भइरहेको पारिवारिक श्रोतले जनाएको छ ।

अग्रवाललाई कोरोना पोजेटिभ भएर केही समयदेखि भारतको सिलिगुडीस्थित महाराजा नर्सिङहोममा  उपचार गरिएको थियो ।  

उनका पत्नी, १ छोरा र ४ छोरीहरू रहेका छन । अग्रवालको निधनप्रति इसोल मिडियाले श्रद्धाञ्जली प्रकट गर्दै शोकाकुल परिवारजन प्रति हार्दिक समवेदना अर्पण गर्दछ ।