एजेन्सी / हैटीका राष्ट्रपति जोभेनल मोइसको हत्या भएको छ।

राष्ट्रपति मोइसको बुधबार आफ्नै घरमा हत्या भएको हैटीका अन्तरिम प्रधानमन्त्रीको क्लाउडे जोसेफलाई उदृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ।

मोइसले सन् २०१७ फेब्रुअरीदेखि हैटीको ५८ औँ राष्ट्रपतिको रुपमा जिम्मेवार सम्हालेका थिए।

उनको हत्याबारे थप जानकारी आउन बाँकी छ।