जनकपुरधाम / आज बुधबार बस्ने भनिएको प्रदेश २ सभाको बैठक स्थगित गरिएको छ । आगामी असार २५ गतेका लागि बस्ने प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।
गत असार १ गते प्रस्तुत भएको आर्थिक वर्ष २०७८ ७९ को बजेटमा प्रदेश सभा बैठक बस्न नसक्दा छलफल शुरु हुन सकेको छैन । बजेट प्रस्तुत भएकै दिन बसेको दोस्रो बैठक नेकपा एमाले र माओवादी केन्द्रका सांसदले अवरुद्ध गरेका थिए ।
चालु आर्थिक वर्षको बजेट खर्च गर्ने अन्तिम समय रहेकाले सबै सांसद आफ्ना योजनालाई हेर्ने र कार्यालयमा पनि चाप रहने भएकाले बैठक सारिएको प्रदेश सभा सचिव यादवले बताए ।




































