बिर्तामोड / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्दि गरेको  छ । निगमले आज रातिबाट लागू हुने गरी डिजेल, मट्टीतेल, पेट्रोल, खान पकाउने ग्यास र हवाई ईन्धनको मूल्यमा बृद्दि गरेको हो । 

डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रति लिटर २ रुपैयाँले बढेको छ । 

मूल्य बढेसँगै डिजेल र मट्टीतेल प्रतिलिटर ११२ रुपैयाँ, पेट्रोल १२९ रुपैयाँ पर्ने निगमले जनाएको छ । त्यसैगरी, आन्तरिक तर्फको हवाई ईन्धन प्रतिलिटर २ रुपैयाँले बढेर ८४  रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय तर्फको उडानको हवाई ईन्धन प्रतिलिटर १९ अमिरिकी डलर बढेर ७ सय ५४ डलर कायम भएको छ ।           

OM Sai Pathibhara Hospital

खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डर २५ रुपैयाँले बढेर प्रति सिलिण्डर १ हजार ४ सय २५ रुपैयाँ कायम भएको छ ।