बिर्तामोड / झापामा हरिणको छालासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कचनकवल गाउँपालिका -३ बस्ने  ४० वर्षीय लुखिराम हस्दा र २४ वर्षीय सुमन टुडु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

अभिमुक्तेश्वर सामुदायिक वन क्षेत्रबाट हरिणको सिकार गरी छाला तस्करी गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो  उनीहरुसंग अन्य ६ जना संलग्न रहेको र खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिएका छन्।

पक्राउ परेका उनीहरुलाई डिभिजन वन कार्यालय झापामा बुझाउने तयारी भइरहेको थापाले जानकारी दिएका छन् ।