बिर्तामोड / जनता समाजवादी पार्टीे आधिकारिकताको विवाद टुंग्याउन निर्वाचन आयोगले इजलास गठन गर्ने भएको छ ।

मंगलबार निर्वाचन आयोगमा जसपाको महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच भएको छलफल पश्चात आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले पत्रकारसँग कुरागर्दै पार्टी भित्रको विवाद टुङ्गाउन इजलास गठन गर्ने बताएका हुन् ।   

OM Sai Pathibhara Hospital

उपेन्द्र यादवले पार्टी विभाजन चाहेको भन्दै अब पार्टी विभाजनकै दिशातर्फ आगाडि बढेको प्रवक्ता श्रेष्ठले बताए। आजको छलफलबाट दुवै पक्ष मिल्न सहमत नभएका कारण नियमानुसार अगाडि बढ्ने भन्ने निर्णय भएको पनि उनले जानकारी दिए। 

जसपाको उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन अयोगमा निवेदन पेश गरेको थियो। सोही निवेदनको आधारमा निर्वाचन आयोगले दुवै पक्षलाई सहमति जुटाउनको लागि भन्दै छलफलमा राखेको थियो। 

तर जसपाको दुवै पक्ष पार्टी एक गराउनको निम्ति सहमत नभएपछि निर्वाचन आयोगको प्रक्रिया अनुरूप आ–आफ्नो बाटो लाग्न तयार भएका हुन्।

निर्वाचन आयोगमा भएको छलफलमा उपेन्द्र यादव पक्षबाट यादवसहित महेन्द्र राय, राजेन्द्र श्रेष्ठ, प्रकाश अधिकारी र मृगेन्द्र सिंह उपस्थित थिए भने महन्थ ठाकुर पक्षबाट ठाकुरसहित राजेन्द्र महतो, शरद सिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, केशव झा र सुरेन्द्र झा सहभागी थिए।