बिर्तामोड / सहारा नेपाल (साकोस) ज्ञानेचोकले आफ्ना सेयर सदस्यहरूलाई कृषिमा आत्मर्निभर बनाउन कृषि यान्त्रिकरण वितरण गरेको छ । संस्थाले सोमबार एक कार्यक्रमका बिच किसानहरूलाई धान रोप्ने मेसिन तथा अर्गानिक तरकारी खेती गर्ने सदस्यहरूलाई टनेल वितरण गरेको हो । 

4

OM Sai Pathibhara Hospital

संस्थाको कार्यक्षेत्र भित्रका दुईवटा समुहलाई अनुदानमा धान रोप्ने मेसिन वितरण गरिएको सेवा केन्द्र प्रमुख सुदीप खड्काले जानकारी दिए । सहारा नेपाल साकोसले सञ्चालन गरेको लघुवित्त कार्यक्रममा आवद्ध सदस्यहरूलाई संस्थाको कृषि कार्यक्रम अन्तरगत पहिलो चरणमा भद्रपुर नगरपालिका वडा न तीन स्थीत श्रीजङ्गंघा सहारा महिला समुहकी अध्यक्ष बेनुका लिम्बू र चार नम्बर वडामा रहेको बुद्य सहारा महिला समुहकी सचिव नर्वदेस्वरी तामाङलाई एक एक थान धान रोप्ने मेसिन हस्तान्तरण गरिएको प्रमुख खड्काले बताए ।

 2

मेसिन सँगै मेसिन चलाउने प्राविधिक ज्ञान समेत प्रदान गरिएकोले मेसिन चलाउन समस्या नहुने किसानहरूले बताएका छन् ।  
यसै बिच बेमौसमी तरकारी खेतीलाई प्रोत्साहन गर्दै सदस्यलाई तरकारीमा आत्मर्निभर बनाउने उद्देश्यले संस्थाका विभिन्न समुहमा रहेका तरकारी खेती गर्ने २५ जना सदस्यहरूलाई एक एक थान टनेल वितरण गरिएको छ । 

टनेल सँगै टनेल खेती लगाउने प्राविधिक ज्ञान सहित टनेल निर्माण गर्न जनही रु पाचँ हजार अनुदान दिइएको कर्मचारी मुकुन्द उप्रेतीले जानकारी दिए । सोही कार्यक्रममा व्यवसायिक बाख्रा पावन गर्ने पाचँ जना कृषकलाई उन्नत जातको घाँसको बिउ समेत वितरण गरिएको थियो ।

सहारा नेपाल साकोस झापाको चारपानेमा केन्द्रीय कार्यालय रहेको नेपालको ठुलो सहकारीको रुपमा रहेको छ ।  एक नम्बर प्रदेश भरी कार्यक्षेत्र विस्तार गर्ने योजनामा रहेको साकोसमा एक लाख पचास हजार भन्दा बढी सेयर सदस्य रहेका छन्