ताप्लेजुङ / ताप्लेजुङमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका –२ आजुङका खेम्जु शेर्पा रहेका छन् । 

शेर्पा सोमबार राती १० बजे छिमेकीको बिहेबाट घर फर्कने क्रममा खाम्दाके भीरबाट अन्दाजी २० मिटर तल खसेका थिए । 

OM Sai Pathibhara Hospital

भीरबाट खसी घाईते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा राती ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दोभानले जनाएको छ ।