सुनसरी / सुनसरीको टेङ्ग्रा खेलामा डुबेर एक बालीका बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा भारतको बसमतिया घर भई हाल सितागंगा बस्ने ९ वर्षीया जिबीका यादव रहेकी छिन् । 

सुनसरीको बर्जु गाउँपालिका –५ टेङ्ग्रा खोला किनारमा बाख्रा चराउन गएकी यादवको हिजो बेलुका साढे ५ बजे खोलामा डुबी बेपत्ता भएकी हुन्। 

OM Sai Pathibhara Hospital

घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय सितागंजबाट प्रहरी टोली खटिई खोजतलास भइरहेको छ ।