काठमाण्डौ / मंगलबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रति तोला ३ सय रुपैयाँले र चाँदी ५ रुपैयाँले वृद्धि भएको हो ।

सोमबार ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९१ हजार ८०० रुपैयाँ पुगेको छ भने १३ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी ५ रुपैयाँले वृद्धि भएर १ हजार ३ सय ३० रुपैयाँ पुगेको छ । 

OM Sai Pathibhara Hospital

त्यसैगरी, तेजाबी सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले वृद्धि हुँदै मंगलबार ९१ हजार ३ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।