काठमाण्डौ / साताको दोस्रो दिन आज पनि शेयर बजार परिसूचक नेप्से घटेको छ । व्यापार, उत्पादन, म्युचुअलको फन्ड, अन्य र लगानी समूह बाहेक सबै समूहको शेयर घटेपछि नेप्से ११ दशमलव ७८ अङ्कले घटेर दुई हजार आठ सय २२ दशमलव ७३ विन्दुमा पुगेको छ ।

त्यसैगरी, बैंकिङ समूहको ७, विकास बैंक समूहको १ सय २, जलविद्युतको ५३, फाइनान्सको ५७, माइक्रोफाइनान्सको ३४, जीवन बीमा समूहको १ सय ३६ र निर्जीवन बीमा समूहको शेयर एक सय ५६ अङ्कले घटेको छ ।

OM Sai Pathibhara Hospital

आज दुई सय २४ कम्पनीका एक करोड ६३ लाख कित्ता शेयर चार अर्ब ५८ करोड रुपैयाँमा कारोबार भएको छ।

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको छ । शेयर मूल्य बढ्ने कम्पनीहरूमा विशाल बजार कम्पनी र हिमालयन डिस्ट्रिलरी रहेका छन् । 

त्यस्तै, आज गुराँस फाइनान्स कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार हिमालयन डिस्ट्रिलरीको भएको छ ।