बर्दिया / पाटेबाघले आक्रमण गर्दा बर्दियामा एक जनाको मृत्यु भएको छ । मधुवन नगरपालिका वडा नम्बर ३ बस्ने ६७ वर्षीय चित्रबहादुर खत्रीको मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेले जानकारी दिएका छन् ।

घरबाट दाउरा खोज्न गएका खत्री आइतबारदेखि बेपत्ता भएका थिए । उनको खोजी गर्ने क्रममा नेपाल-भारत सीमा क्षेत्रमा रहेको सम्झना सामुदायिक बनभित्र शव फेला परेको सशस्त्र सिमा सुरक्षा बल भग्रैयाका प्रहरी निरीक्षक अस्मित थापाले जानकारी दिएका छन्।

OM Sai Pathibhara Hospital

बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वन र राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा पाटेबाघको आक्रमणबाट एक वर्षभित्र १२ जनाको मृत्यु भएको छ। दुई वर्ष यता उक्त क्षेत्रमा रहेको पाटेबाघ बाट २१ र जङ्गली हात्तीबाट २ जना गरी २३ जनाको मृत्यु भएको छ।