उदयपुर / उदयपुरमा भीरबाट लडी एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतामाई नगरपालिका –४ बेल्बासेका १३ वर्षीय सबशाल सार्की रहेका छन् । 

उनको आइतबार अपरान्ह पौने ५ बजे घर नजिकै रहेको जंरगेडाँडा भीरमा बाख्रा चराउन गएका वेला सोही भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।