पाँचथर / पाँचथरको याङवरक गाउँपालिका –४ काबेली खोलामा पौडी खेल्न गएका २ बालक खोलाले बगाएर बेपत्ता भएका छन् । 

बेपत्ता हुनेमा सोही स्थानका १६ वर्षीय लक्ष्मण योङहाङ र १३ वर्षीय बिपल योङहाङ रहेका छन् । आइतबार दिउँसो साढे १२ बजे ६ जनाको समुहमा पौडी खेल्न गएका उनीहरू मध्ये लक्ष्मण र बिपल खोलाले बगाई बेपत्ता भएका हुन् । 

OM Sai Pathibhara Hospital

घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायब उपरीक्षकको कमान्डमा उद्धार सामाग्री सहितको  टोली खटि गई खोजतलास भइरहेको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।