काठमाण्डौ /  जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन भएपछि सरकारले कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचन गर्ने घोषणा गरेको छ । सोही अनुसार निर्वाचन कार्यतालिका तयार भएको र चाँडै दल दर्ताका लागि आह्वान गर्ने तयारी रहेको आयोगले जानकारी दिएको छ।

तालिका अनुसार पहिलो चरणको मतदानका लागि आउँदो असोज २० र २१ गते उम्मेदवारी मनोनयन गर्दै असोज २५ गते अन्तिम नामावली प्रकाशन गर्ने तयारी रहेको कार्यतालिकामा उल्लेख गरिएको छ ।

OM Sai Pathibhara Hospital

त्यसैगरी, दोस्रो चरणको मतदानकालागि असोज ३१ र कार्तिक १ गते उम्मेदवारी मनोनय दर्ता गर्दै कार्तिक ५ गते उमेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिकामा उल्लेख गरिएको छ ।

प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ अन्तिम चरणमा पुगेको छ । त्यसैबेला आयोगले निर्वाचन गर्ने तयारी गरेको छ  जसअनुसार असार ३१ गतेदेखि साउन १५ गतेसम्म दल दर्ता गर्न मिल्ने छ ।