काठमाडौँ / दोलखाको बिगु गाउँपालिकामा निर्माणधीन राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको आज उद्घाटन हुने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाटै आज साँझ ४ बजे भर्चुअल माध्यमबाट माथिल्लो तामाकोशीको उद्घाटन गर्न लागेका हुन् ।
कुल ४५६ मेगावाट विद्युत् उत्पादन क्षमताको आयोजनामा आज एक युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन शुरु हुनेछ। आगामी आर्थिक वर्षमा ४५६ मेगावाट नै उत्पादनको लक्ष्य लिइएको छ ।
आयोजनामा कुल ६ वटा युनिट छन् । जसबाट ७६ मेगावाटका दरले ४५६ मेगावाट विद्युत् उत्पादन हुनेछ ।