बिर्तामोड / गृहमन्त्री विष्णुप्रसाद पौडेलले बाढी, पहिरोबाट क्षति भएका ५ सय ७२ परिवारलाई ५० हजारका दरले राहत दिने बताएका छन् । 

आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री पौडेलले यो वर्ष मनसुनको प्रभावबाट असार १६ गतेसम्म घरमा क्षति पुगेका परिवारलाई अस्थायी बसोबासका लागि ५० हजारका दरले राहत दिइने जानकारी गराएका हुन् ।

OM Sai Pathibhara Hospital

मन्त्री पौडेलले भने, ‘यो वर्ष असार १६ गतेसम्म पूर्ण तथा आंशिक घर क्षति भएका ५ सय ७२ परिवारका लागि अस्थायी बसोबास गर्न प्रतिपरिवार ५० हजारका दरले २ करोड ८६ लाख रुपैयाँ उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ ।’

उनले यो वर्ष मनसुनबाट सिर्जना भएको प्राकृतिक विपत्तिबाट ५ सय ६५ घरमा पूर्ण क्षति भएको, १ सय १२ घरमा सामान्य क्षति पुगेको जानकारी गराए ।

हालसम्म सिन्धुपाल्चोक मनाङ, लमजुङ गोरखा, कास्की, अर्घाखाँची, खोटाङ तनहुँ, सर्लाही लगायतका जिल्लाहरूमा ५ सय ६५ घर पूर्ण रुपमा क्षति भएको छ भने १ सय १२ घरमा आंशिक क्षति भएको छ ।