बिर्तामोड / ढल बनाउने विषयमा विवाद हुँदा मेचीनगर –१३ का वडा अध्यक्ष कृष्णराज सिग्देल र सोही ठाउँका अर्जुन थेबे दुवैले आफूमाथि आक्रमण भएको बताएका छन्। 

जेसिबि लिएर ढल बनाउन चारआली आएका सिग्देल र थेबे बीच शुक्रबार बिहान हात हालाहाल भएको थियो । सोही क्रममा दुवैजना सामान्य घाइते भएका थिए। 

OM Sai Pathibhara Hospital

थेबेको टाउकोमा चोट लागेको छ। त्यस ठाउँका १२ वटा घर डुबानमा परेको विषयमा वादविवाद हुँदा स्थानीय अर्जुन थेबेले वडाध्यक्ष  सिग्देललाई कुटपिट गरेको उनले बताएका छन्। दुवैले स्थानीय अस्पतालबाट उपचार लिएका छन्।

घटना विवरण अनसार भारी वर्षाका कारण मेचीनगर वडा नं. १३ को चारआलीस्थित काँकरभिट्टा रोडमा १२ घर डुबानमा परेका थिए ।अनुसार
डुबानमा परेका घरलाई जोगाउने उद्देश्यले सो स्थानमा जेसीवी लिएर पुगेपछि स्थानीयले वडाध्यक्ष सिग्देललाई आइदिनु परो भनेर खबर गरेका थिए। त्यहीबेला स्थानीय अर्जुन थेवेले वडाध्यक्ष सिग्देललाई एक्कासि आक्रमण गरेको सीसी क्यामेराको फुटेजमा देखिएको छ। 

थेबेले आफूलाई वडाध्यक्ष सिग्देलले इँटाले टाउकामा प्रहार गरेको दावी गरेका छन्। उनलाई उपचारका लागि स्थानीय मनकामना अस्पतालपछि बीएन्डसी हस्पिटल ल्याइएको छ। वडाध्यक्ष सिग्देलले आफूमाथि थेवे र उनका परिवारका सदस्यहरूले एक्कासि आक्रमण गरेको बताए । अर्जुन थेबे र उनकी दिदी आशा थेवेले आफूलाई कुटपिट गर्न थालेपछि भागेर आफूले ज्यान जोगाएको वडाध्यक्षको भनाई छ । वडाध्यक्ष सिग्देलले आफूले कसैलाई पनि आक्रमण नगरेको बताए।

प्रहरी चौकी चारआलीका प्रमुख भीम श्रेष्ठले घरहरू डुबान भएका विषयमा विवाद भएको बताए। विवाद हुँदा वडाध्यक्षलाई स्थानीय अर्जुन थेवे र उनकी दिदी आशा थेवेले हातपात गरेको उनको पनि भनाई छ।

असई श्रेष्ठका अनुसार सीसी क्यामेराको फुटेजमा पनि वडाध्यक्षलाई स्थानीय अर्जुन थेवे र आशा थेवेले हातपात गरेको देखिन्छ । वडाध्यक्ष सिग्देलले थेबेलाई कुटेको सीसी क्यामेराको फुटेजमा कतै भेटिएको छैन ।