काठमाण्डौ / नेपाल राष्ट्र बैंकका अनुसार डलर भाउ उच्च विन्दुमा पुगेको छ  आज आइतबार विदेशी मुद्राको विनिमय दर अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ २९ पैसा र विक्री दर ११९ रुपैयाँ ८९ पैसा पुगेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६४ रुपैयाँ ०१ पैसा र विक्री दर १६४ रुपैयाँ ८४ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२८ रुपैयाँ ७० पैसा र विक्री दर १२९ रुपैयाँ ३५ पैसा रहेको छ । 

OM Sai Pathibhara Hospital

अष्ट्रेलियन डलर आज एकको खरिद दर ८८ रुपैयाँ ८८ पैसा र विक्रीदर ८९ रुपैयाँ ३२ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ९८ पैसा र विक्री दर ९६ रुपैयाँ ४७ पैसा रहेको छ । 

त्यसैगरी, आज जापानी यन १० को दरिद दर नेपाली १० रुपैयाँ ७० पैसा र विक्रीदर १० रुपैयाँ ७५ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४१ पैसा र विक्री दर १८ रुपैयाँ ५० पैसा रहेको छ ।
 
उता साउदी अरवियन रियाल एकको खरिद दर ३१ रुपैयाँ ८१ पैसा र विक्री दर ३१ रुपैयाँ ९७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ २४ पैसा र विक्री दर ३२ रुपैयाँ ४० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 
 rate of exchange