बिर्तामोड / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकटका नेताले बरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका छन् । एमाले भित्रको आन्तरिक विवाद समाधान गर्न आग्रह गर्दै दोस्रो तहका नेताहरुले नेपालसँग भेटवार्ता गरेका हुन् ।
नेपाल निवास कोटेश्वर जानु अघि उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए । आज बिहान भएको भेटका क्रममा आफूहरुले पार्टी अध्यक्ष ओलीसँग भेटेर कुराकानी गर्न नेता नेपाललाई सुझाव दिएको एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।
भेटका क्रममा नेता नेपालले भने आफैं कुरा गर्न र आफूले पनि कुराकानी गर्ने जवाफ दिएका थिए । भेटमा सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल थिए भने नेपाल समूहका नेता घनश्याम भुसाल पनि उक्त छलफलमा सहभागी थिए।